राष्ट्रिय वाणिज्य बैंकको १२ दशमलव ५० प्रतिशत लाभांश पारित
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १२ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशमा सात दशमलव ५० प्रतिशत नगद लाभांश र पाँच प्रतिशत बोनस सेयर रहेको छ ।
साधारणसभाले चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुनआउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र पाँच प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर सेयरधनीहरूलाई प्रदान गर्ने निर्णय पारित गरेको छ । यसपछि बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ हुनेछ ।
बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा. पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । उनले बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवा प्रवाहलाई थप परिस्कृत गरी प्रभावकारी र कार्यकुशलतामा अभिवृद्धि ल्याउन बिजेनस प्रिसियस रि–इन्जिनियरिङ सम्पत्ति उपयोगिता योजना, हिसाब मिलान एवं लागत नियन्त्रण परियोजना कार्यक्रम, निष्कृय कर्जा र गैरबैंकिङ सम्पत्तिको उचित व्यवस्थापन, सूचना प्रविधिलाई समय सापेक्ष सुदृढीकरण गर्नेसम्बन्धी कार्यलाई समावेश गरी योजनाबद्धरूपमा अगाडि बढाइएको बताए ।
सभामा बैंकका सेयरधनीहरू क्रमशः नेपाल सरकार अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सार्वसाधारण सेयरधनीहरूको उपस्थिति रहेको थियो । अध्यक्ष डा. पाठकले प्रस्तुत गरेकोे प्रतिवेदनमाथि सेयरधनीहरू डमरु वल्ल्भ घिमिरे, दामोदर प्रसाद घिमिरे, रामगोपाल श्रैष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझावसहितको धारण धारणा राखेका थिए । सो टिप्पणी एवं जिज्ञासाबारे बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले जवाफ दिएका थिए ।
सभामा बैंक सञ्चालक समितिका सदस्यहरू शम्भुप्रसाद मरासिनी, प्राडा राजन बहादुर पौडेल, रोमिला ढकाल उप्रेती, दिलिपकुमार ढुङ्गाना, सुशिल घिमिरे, स्वतन्त्र सञ्चालक लक्ष्मण घिमिरे तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल, सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी र विनयरमण पौडेल, दुर्गा कँडेल छत्कुलीको उपस्थिति रहेको थियो ।
साधारणसभामा कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार महेश बराल, महालेखापरीक्षकको कार्यालयका निर्देशक कमल सिलवाल, बैंकका कानुनी सल्लाहकारहरू, बैंकभित्र क्रियाशील ट्रेड युनियनका अध्यक्षहरूलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । सभालाई कम्पनी सचिव हेमराज खरेलले सहजीकरण गरेका थिए । बैंकको हाल सात प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र एक सय दुईवटा शाखारहित बैंकिङ रहेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया