एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीले छ करोड ९७ लाख २० हजार रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी छ लाख ९७ हजार दुई सय कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
जारी पुँजी ३४ करोड रुपैयाँमध्येबाट २४ दशमलव ७१ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको आठ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको मध्येमा कम्पनीले १० प्रतिशत अर्थात् ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकहरूलाई बिक्री गरिसकेको छ ।
यसैगरी पाँच प्रतिशत अर्थात् ४२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र दुई प्रतिशत अर्थात् १६ हजार आठ सय कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि बिक्री गरेपश्चात् कम्पनीले बाँकी रहेको छ लाख ९७ हजार दुई कित्ता सेयर सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत यही माघ २७ गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा फागुन दुई गते र ढिलोमा फागुन १२ गते बन्द हुनेछ । लगानीकर्ताहरूले न्यूनत १० देखि अधिकतम २० हजार कित्तासम्मको साधारण सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया