Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषद्वारा रक्तदान

नागरिक लगानी कोषद्वारा रक्तदान


काठमाडौं, चैत २
नागरिक लगानी कोषले ३०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कोषले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक बर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । रक्तदान कार्यक्रमको सुरुवात कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा. इन्द्र कुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, विभागीय प्रमुखहरु शोभा श्रेष्ठ र हेमन्त पोखरेल एवं नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष श्री सुरेश चालिसेलगायतको उपस्थिति रहेको थियो । कोषका अनुसार शुक्रबार भएको सो रक्तदानमा कोषका कर्मचारी र अन्य सहभागी गरी करिब ५० जनाले रक्तदान गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया