सिटिजन्स बैंक र ओपिअम रेस्टुरेन्ट एन्ड बारबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित ओपिअम रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिसतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना एक सय ८२ वटा शाखा, एक सय ३४ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शुन्य दशमलव ७९ अंकले उक्लियो सेयर बजार
- सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले प्राप्त गरे विश्वासको मत
- एकीकृत समाजवादीद्वारा श्रम आयोग गठनको माग
- गृहमन्त्री लामिछानेद्वारा यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन
- सूचना र शिक्षा दुवै क्षेत्रमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण: सञ्चारमन्त्री शर्मा
- प्रतिनिधिसभा बैठक ४ बजेका लागि सारियो
- बिनाविभागीय मन्त्री आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
- सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया