माछापुच्छ्रे बैंक र लुलु एक्सचेन्जबीच सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंकले बहराइनमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्देश्यका साथ लुलु एक्सचेन्ज बहराइनसँग व्यावसायिक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा लुलु एक्सचेन्जको तर्फबाट महाप्रबन्धक एडिसन फर्नान्डेज तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात् बहराइनमा बस्ने नेपालीहरूले लुलु एक्सचेन्जको १६ वटा काउन्टरबाट नेपालमा पठाएको रेमिट्यान्स नेपालमा रहेका माछापुच्छ्रे बैंकका जुनसुकै शाखा तथा रेमिट्यान्स एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनेछ ।
स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हाल देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, ११ एक्सटेन्सन काउन्टर, एक सय ३३ शाखारहित बैंकिङ सेवा, दुई सय पाँचवटा एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया