सिटिजन्स बैंक र जर्मनीको केएफडब्लू बैंकबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक र केएफडब्लू डेभलपमेन्ट बैंक जर्मनीबीच सम्झौता भएको छ । विगत १७ वर्षदेखि सरल सहज र दिगो बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि जर्मनस्थित केएफडब्लू डेभलपमेन्ट बैंक र नेपाल राष्ट्र बैंकबीच ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि ३५ लाख युरो पुनर्कर्जा र पाँच लाख युरो बराबरको प्राविधिक सहयोग प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
स्थापनाकालदेखि नै आफ्नो लगानीको प्राथामिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएकोे बैंकलाई केएफडब्लू डेभलपमेन्ट बैंकले उक्त आयोजनाको समझदारीका लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामध्येबाट चयन गरेको हो । नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्र्तगत केएफडब्लू डेभलपमेन्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ ।
हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्रको दिगो रूपान्तरणका लागि लघु, घरेलु तथा साना उद्यम क्षेत्रको विकास हुनुपर्छ भन्ने मूल मन्त्रलाई स्थापनाकालदेखि नै स्वीकार गर्दै आएको यस बैंकले उक्त शीर्षकअन्तर्गत हालसम्म २१ हजार पाँच सय २६ व्यवसायलाई २५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यसमध्ये दुई हजार आठ सय ८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा दुई अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यो कर्जाको मद्दतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तीकरणमा टेवा पु-याएको विश्वास बैंकले लिएको छ । यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजनाअन्तर्गत नेपालका ग्रामीण भेगका ५४९२ मध्यम तथा विपन्न परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हालसम्म ७६ करोड कर्जा प्रवाह गरिसकेको छ ।
ग्रामीणस्तरमा रहेका विपन्न वर्गलाई समूहमा आबद्ध गरी कर्जा प्रदान गर्दा ग्रामीण जनताहरू बढी व्यावसायिक भई लाभान्वित हुँदै जाने छन् भन्ने विश्वासका साथ बैंकले यस परियोजनाअन्तर्गत कृषि, उद्योग, सेवा, ब्यापार तथा अन्य व्यावसायिकरूपले सम्भावना देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पु¥याउने छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८२ वटा शाखा, तीन वटा विस्तारित काउन्टर, एक सय ३९ वटा एटीएम, छ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया