भारतीय केन्द्रीय बैंकका गभर्नर विश्वकै उत्कृष्ट गभर्नरको सूचीमा
भारत । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट गभर्नरको सूचीमा परेका छन् । अमेरिकाको ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’मा आरबीआई गभर्नर दासलाई ‘ए प्लस’ ग्रेडिङ प्रदान गरेको हो ।
भारतसँगै स्विट्जरल्यान्ड र भियतनामका गभर्नरले पनि ‘ए प्लस’ ग्रेड पाएका छन् । तीनवटै केन्द्रीय बैंकका गभर्नरहरूको सूचीमा दासलाई पहिलो स्थानमा राखेको आरबीआईले जनाएको छ । दासपछि स्विट्जरल्यान्डको केन्द्रीय बैंकका गभर्नर थोमस जे जोर्डन र भियतनामको केन्द्रीय बैंकका गभर्नर गुएन थि होङ छन् ।
ग्लोबल फाइनान्स पत्रिकाले सन् १९९४ देखि हरेक वर्ष केन्द्रीय बैैंकर रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ । सो पत्रिकाले विश्वका एक सय एक देश र क्षेत्रका केन्द्रीय बैंकहरूका गभर्नरलाई ग्रेड दिँदै आएको छ । पत्रिकाले मुद्रास्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्य, मुद्रा स्थिरता, ब्याजदरलगायतका विषय मापन गरी ग्रेड प्रदान गर्दै आएको छ । पत्रिकाका अनुसार ग्रेड ‘ए’ले उत्कृष्ट कार्यसम्पादन र ‘एफ’ले पूर्ण असफलतालाई जनाउँछ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया