Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदिल्लीमा विवाहमा ५० र अन्तिम संस्कारमा २० जना मात्र सहभागी हुन मुख्यमन्त्रीको आग्रह

दिल्लीमा विवाहमा ५० र अन्तिम संस्कारमा २० जना मात्र सहभागी हुन मुख्यमन्त्रीको आग्रह


नयाँ दिल्ली, वैशाख २२
दिल्लीमा वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीवासीलाई आग्रह गरेका छन् । ‘कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समय अवउप्रान्त हुने वैवाहिक समारोहमा ५० र अन्तिम संस्कारका लागि २० व्यक्तिभन्दा बढी सहभागी हुन निषेध गरिएको छ’, मुख्यमन्त्री केजरीवालले भिडियो सम्मेलनमार्फत भने ।

उनले भने, ‘संक्रमण रोक्न केन्द्र सरकारले मार्च २४ मा गरेकोे बन्दाबन्दीको निर्णय निकै महत्वपूर्ण थियो । यदि हामीले लकडाउनको पालना गर्दैनथ्यौँ भने भारतभर महामारीले डरलाग्दो रूप लिन्थ्यो ।’ उनले थपे, ‘त्यसवेला राष्ट्र कोभिड–१९ को सामना गर्न तयारी अवस्थामा थिएन । हामीलाई सामाजिक दूरी राख्ने र संक्रमण नियन्त्रण गर्ने उपायबारे अनभिज्ञ थियौँ । हामीसँग व्यक्तिगत सुरक्षा सामग्री वा परीक्षण सामग्री पनि थिएनन् ।’ अर्थतन्त्रमा समस्या आए पनि संक्रमणलाई नियन्त्रणमा राख्नका लागि भारतका लागि बन्दाबन्दी उत्तम उपाय देखिएको छ । उनले भने, ‘देशको राजस्व संकलन तीन हजार पाँचसय करोडबाट ३०० करोडमा झरेको छ । सरकारले कसरी काम गर्ला चिन्ताको विषय छ ।’

उनले सार्वजनिक स्थलहरूमा थुक्ने व्यक्तिविरूद्ध पनि सरकारले कडा कारबाही गर्ने बताए । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार दिल्लीमा चार हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने एक हजार २५६ जना निको भएका वा दिल्लीबाट अन्यत्र गएका छन् । दिल्लीमा आइतबारसम्ममा ६४ संक्रमितको मृत्यु भएको छ । त्यस्तै भारतभर आइतबारमात्र थप ५६४ जनामा संक्रमण पुष्टि भएको छ भने कूल ४० हजार २६३ जना संक्रमित छन् । संक्रमितमध्ये एक हजार ३२३ जनाको मृत्यु भइसकेको छ भने १० हजार ८८६ जना निको भई घर फर्किएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x