रुसमा ब्याजदर १५ प्रतिशत पुग्यो
मस्को । उच्च मूल्यवृद्धिको दबाब परेपछि रुसको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । शुक्रबार आफ्नो प्रमुख नीतिगत दर दुई प्रतिशत बढाएर १५ प्रतिशत पु¥याएकोे छ ।
रुसको केन्द्रीय बैंक ‘बैंक अफ रसिया’ले मूल्यवृद्धिको दबाब अपेक्षाभन्दा अधिक रहेको उल्लेख गरेको छ । केन्द्रीय बैंकले ब्याजदर बढेपछि पनि मूल्यवृद्धि नियन्त्रणमा आउन कठिन हुने जनाएको छ ।
केन्द्रीय बैंकले सन् २०२३मा मुद्रास्फीति (मूल्य वृद्धिदर) साढे सात प्रतिशत कायम हुने अनुमान गरेको छ । तर अहिले मूल्यवृद्धिदर त्योभन्दा माथि पुुगेको केन्द्रीय बैंकको भनाइ छ । बैंक अफ रसियाले सन् २०२४ मा मूल्यवृद्धि साढे चार प्रतिशतभित्र रहने प्रक्षेपण गरेको छ ।
बैंकले सन् २०२४ को लक्ष्य चार प्रतिशतबाट मुद्रास्फीति विचलनलाई सीमित गर्न मौद्रिक नीतिलाई थप कडाइ गर्ने पनि जनाएको छ । बैंक अफ रसियाले सेप्टेम्बरमा प्रमुख ब्याज दर १२ बाट १३ प्रतिशतमा पु-याएको थियो ।
मस्कोले युक्रेनमाथिको आक्रमण र पश्चिमा प्रतिबन्धका कारण आर्थिक पतन हुन सक्ने प्रारम्भिक भविष्यवाणीलाई लत्याए पनि यो आक्रमणले घरेलु अर्थतन्त्रमा अझै दबाब सिर्जना गरेको छ । सैन्य खर्चमा तीव्र वृद्धिले सरकारलाई घाटामा धकेलेको छ, जबकि न्यून रोजगारीले बढ्दो ज्याला र मूल्यहरूको चक्र सिर्जना गरेको छ ।
केन्द्रीय बैंकले शुक्रबार जारी गरेको वक्तव्यमा उच्च सरकारी खर्चलाई मुद्रास्फीतिलाई बढावा दिने प्रमुख कारकको रूपमा औंल्याएको छ । क्यापिटल इकोनोमिक्सका वरिष्ठ बजार अर्थशास्त्री लियाम पीचले आगामी महिनाहरूमा मुद्रास्फीतिको दबाब बढ्दै जाने र अर्को वर्ष अर्को दर वृद्धि अझै पनि सम्भव देखिन्छ ।
रूसी सांसदहरूले बिहीबार सन् २०२४/०२६ को बजेटका लागि प्रस्ताव गर्दै आगामी वर्ष सैन्य खर्चमा कीर्तिमानी वृद्धि गर्ने प्रारम्भिक सहमति गरेका छन् । सन् २०२४ मा रक्षा खर्च ६८ प्रतिशतले बढ्ने छ र सोभियत संघपछिको रूसको कुल गार्हस्थ्य उत्पादनको छ प्रतिशतभन्दा बढी उच्च रेकर्ड कायम हुनेछ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया