Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह

उत्तर कोरियाली नेता किमद्वारा युद्धको तयारीलाई तीव्रता दिन आग्रह


सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो पार्टीलाई आणविक कार्यक्रमलगायत युद्धको तयारीलाई तीव्रता दिन आग्रह गरेका छन् । आणविक हतियार प्रयोग गरेर ‘उक्साएमा’ प्योङयाङले आणविक हमला गर्न नहिचकिचाउने किमले चेतावनी दिएको एक सातापछि यो भनाइ आएको हो ।

उत्तर कोरियाको वर्षको अन्त्यमा जारी पार्टीको बैठकमा किमले सन् २०२४ का लागि महत्वपूर्ण नीतिगत निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । प्योङयाङको सरकारी समाचार संस्था कोरियाली केन्द्रीय समाचार निकाय (केसीएनए)का अनुसार किमले पार्टीलाई सैन्य तथा आणविक हतियारलगायत सबै क्षेत्रमा युद्धको तयारीलाई थप तीव्रता दिन आग्रह गरेका हुन् । उनले वासिङटनसँगको ‘अभूतपूर्व’ उत्तरविरोधी मुठभेडका कारण कोरियाली प्रायद्वीपमा ‘सैन्य स्थिति’ ‘चरम’ भएको पनि बताए ।

सियोल, टोकियो र वासिङ्टनले यस वर्ष प्योङयाङले गरेको हतियार परीक्षणको रेकर्ड तोड्ने शृंखलाको सामना गर्दै रक्षा सहयोग बढाएका छन् र हालै उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपणको वास्तविक समयको सार्वजनिक गर्ने प्रणाली सक्रिय गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया