Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ कम्पनी साओमीको पहिलो इलेक्ट्रिक कार अनावरण

चिनियाँ कम्पनी साओमीको पहिलो इलेक्ट्रिक कार अनावरण


बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता साओमीले टेस्लासँग प्रतिस्पर्धा गर्ने दाबीसहित आफ्नो पहिलो इलेक्ट्रोनिक कार अनावरण गरेको छ । साओमीले छिट्टै विश्वको शीर्ष पाँच अटोमेकरहरुमध्ये एक बन्ने दाबी पनि गरेको छ ।

साओमीले बिहीबार चीनको ओभरस्याचुरेटेड इलेक्ट्रिक वाहन बजारमा प्रवेश गर्ने र कारको मोडेलका साथ अटोमेकर दिग्गज टेस्लासँग प्रतिस्पर्धा गर्ने विस्तृत योजना विकास गर्न १० अर्ब युआन (एक दशमलव चार बिलियन डलर) भन्दा बढी खर्च गरेको बताएको छ ।

साओमीको कार केही महिना घरेलु बजारमा मात्रै आउनेछ । सेडान, स्पीड अल्ट्राको लागि एसयू सर्टको साथ एसयुसेभेन डब गरिएको, एक उच्च प्रत्याशित मोडेल हो जसलाई प्रमुख कार्यकारी लेई जुनले टेस्ला र पोर्सको इभीभन्दा छिटो गति प्रदान गर्नसक्ने ‘सुपर इलेक्ट्रिक मोटर’ प्रविधि भएको दाबी गरेका छन् ।

सीईओ लेई जुनले आगामी २० वर्षभित्र चीनको समग्र अटोमोबाइल उद्योगलाई उचाल्ने र विश्वका शीर्ष पाँच अटोमेकरहरुमध्ये एक बन्ने दाबी गरेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया