Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनले मौद्रिक नीति कार्यान्वयनलाई सुदृढ बनाउने

चीनले मौद्रिक नीति कार्यान्वयनलाई सुदृढ बनाउने


बेइजिङ । चीनले स्थायित्व कायम राख्दै विकास प्रवर्द्धन गर्ने प्रयासमा विद्यमान मौद्रिक नीतिको कार्यान्वयनलाई तीव्रता दिने भएको छ । चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले आफ्नो मौद्रिक नीति समितिको पछिल्लो त्रैमासिक बैठकपछि बिहीबार विज्ञप्ति जारी गरी मौद्रिक नीति कार्यान्वयनमा जोड दिएको हो ।

पीबीओसीका अनुसार चीनको अर्थतन्त्र पुनरुत्थान भइरहेको छ र उच्च गुणस्तरको विकासमा ठोस प्रगति भइरहेको छ । यद्यपि बैठकले देशले अझै पनि अपर्याप्त आन्तरिक माग र कमजोर उपभोक्ता दृष्टिकोणजस्ता चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरेको छ ।

केन्द्रीय बैंकले पर्याप्त तरलता कायम गर्ने, उचित कर्जा वृद्धि र सन्तुलित ऋण आपूर्तिलाई मार्गदर्शन गर्ने र आर्थिक वृद्धि तथा मूल्यस्तरको अपेक्षित लक्ष्यअनुरूप सामाजिक वित्तपोषण र मुद्रा आपूर्तिको स्तर कायम गर्ने प्रतिबद्धता जनाएको छ ।

केन्द्रीय बैंकले बजार उन्मुख ब्याजदर निर्माण र प्रसारण संयन्त्र सुधार गर्न प्रयास गरिने उल्लेख गरेको छ । बैठकमा उपस्थित अधिकारीहरूले वित्त क्षेत्रमा आपूर्ति पक्ष संरचनात्मक सुधारलाई थप सुदृढ गर्न र वास्तविक अर्थतन्त्रलाई अझ राम्रोसँग टेवा दिन संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया