Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा एक वर्षमा १० हजार कामदारको मृत्यु

बंगलादेशमा एक वर्षमा १० हजार कामदारको मृत्यु


ढाका । बंगलादेशमा सन् २०२३ मा पेसागत दुर्घटनामा परेर १० हजार दुई जना कामदारको मृत्यु भएको छ । बंगलादेश व्यावसायिक सुरक्षा, स्वास्थ्य र वातावरण प्रतिष्ठानले शुक्रबार ढाकामा पत्रकार सम्मेलन गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

सबैभन्दा बढी यातायात क्षेत्रका छ सय ३७ जना कामदारको ज्यान गएको छ । त्यसपछि औद्योगिक क्षेत्रका दुई सय २०, निर्माण क्षेत्रका एक सय ४९, कृषि क्षेत्रका एक सय ४६ र उत्पादन क्षेत्रका ९४ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरिएको छ । यसैगरी, सन् २०२३ मा कार्यस्थलका घटनामा पाँच सय दुई जना गम्भीर घाइते भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तथ्याङ्कअनुसार सन् २०२३ मा संस्थागत क्षेत्रमा तीन सय २९ जनाको मृत्यु तथा दुई सय ७७ जना घाइते भएका छन् । यसैगरी अनौपचारिक क्षेत्रमा एक हजार एक सय तीन जनाको मृत्यु तथा दुई सय २५ जना घाइते भएका छन् ।

कार्यस्थलमा हुने मृत्युमा सडक दुर्घटना, विद्युत् चुहावट, आगलागी, भवन भत्किने, चट्याङ, ग्यास सिलिन्डर विस्फोट, हिंसा, कामदारमाथि हुने शारीरिक दुव्र्यवहारलगायत विभिन्न कारण पहिचान गरेको जनाएको छ ।

तथ्याङ्कले २०१३ देखि चालू वर्षको डिसेम्बर २८ सम्म कम्तीमा नौ हजार दुई सय ६३ व्यक्तिले कार्यस्थलसँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएको जनाएको छ । संस्थाले पत्रपत्रिका, अनलाइन, टेलिभिजन, स्थलगत रिपोर्ट कर्मचारीहरूले गठन गरेको नेटवर्कलगायतबाट संकलित जानकारीको आधारमा प्रतिवेदन तयार गरेको बताएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया