Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविद्युतीय सवारीमा चिनियाँ लगानी बढ्दो

विद्युतीय सवारीमा चिनियाँ लगानी बढ्दो


बेइजिङ । पश्चिमी अर्थतन्त्र चीनको उत्पादनमा केन्द्रित हुँदा चीनमा इलेक्ट्रिक गाडी उत्पादनका लागि विदेशी प्रत्यक्ष लगानी बढेर नयाँ रेकर्ड कायम गर्ने सम्भावना बढेको छ ।

सस्तो उत्पादनका कारण युरोपमा चिनियाँ विद्युतीय सवारीसाधनहरुको चाप बढ्दै गएको छ । चिनियाँ फर्महरुबाट गतवर्ष विद्युतीय सवारीसाधन सम्बन्धित उद्योगहरुमा २८ दशमलव दुई बिलियन अमेरिकी डलर लगानी भएको छ ।

एउटा अनुमानअनुसार चीनले प्रतिवर्ष एक करोड अतिरिक्त सवारी साधनहरु उत्पादन गर्न सक्छ । जुन २०२२मा सबै उत्तर अमेरिकी उत्पादनको दुई तिहाइ बराबर हो ।

ब्रसेल्सको व्यापार नीति पनि चीनविरुद्ध थप सुरक्षात्मक बन्दै गएको छ । गत सेप्टेम्बरमा चीनका अटोमेकरहरुले राज्यको अनुदानबाट अनुचितरुपमा लाभ उठाउँछन कि भनेर अनुसन्धान सुरु गरेका थिए । त्यसपछि डिसेम्बरमा ह्वाइट हाउसले चीनलाई ब्याट्री आपूर्ति श्रृंखलाबाट कटौती गर्न सुरुवात गरेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया