थप १६ मुलुकबाट चीनमा मासु आयात
बेइजिङ, पुस १६
चीनले आयातको लागि स्रोतहरूलाई विविध मुलुकसँग जोड्नका लागि सन् २०१९ मा थप १६ मुलुकबाट मासु आयात गरेको चीनको सामान्य भन्सार प्रशासन कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार पहिलो एघार महिनामा चीनले कुल ५० लाख ४९ हजार टन मासु आयात गरेको र यो गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो । चीनले नोभेम्बरमा मात्र छ लाख ४४ हजार टन मासु मासु आयात गरेको थियो । यो गत वर्षको सोही महिनाको तुलनामा ८२ प्रतिशत बढी हो ।
आयात हुने वस्तुको गुणस्तरीयता र सुरक्षालाई प्रत्याभूत गर्न चिनियाँ भन्सार कार्यालयले परिवहनमा नियन्त्रण र संशोधनको नीति लिएको हो । यसबाट मासुमा आफूलाई एकै देशमा आश्रित नबनाउने नीतिलाई पनि अख्तियार गरेको देखिन्छ । विभिन्न मुलुकबाट आयात गर्दा बदलामा चीनले ती मुलुकमा आफ्ना अन्य सामानलाई निर्यात गर्ने र चिनिया सामानको बजार पनि बिस्तार गर्ने नीति लिएको देखिन्छ । चीनले विभिन्न एशियाली तथा अफ्रिकी मुलुकहरूमा आफ्नो आयात तथा निर्यातमा सन्तुलन कायम गर्न पनि यो रणनीति लिएको हो । जनवरीदेखि नोभेम्बरसम्ममा भन्सारले विभिन्न कृषिजन्य उत्पादनको चोरी पैठारीका ७४३ घटनाले अनुसन्धान गरेको थियो । यसबाट चीनले चार अर्ब ६३ करोड अमेरिकी डलर बराबर राजस्व चुहावटलाई नियन्त्रण गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया