Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘विश्वमा धेरै हतियार निर्यात गर्ने देश अमेरिका’

‘विश्वमा धेरै हतियार निर्यात गर्ने देश अमेरिका’


वासिङ्टन ।
अमेरिका विश्वमा हतियार निर्यात गर्नेमा ठूलो देश भएको एक अध्ययनले देखाएको छ । स्विडेनको एक रिसर्च इन्स्टिच्युटका अनुसार बितेका पाँच वर्षमा अमेरिकाको हतियार निर्यात ३७ प्रतिशत रहेको छ । रुस र चीनको हतियार निर्यात घट्दै जाँदा अमेरिका, फ्रान्स र जर्मनीको भने बढेको अध्ययनले देखाएको छ । हतियार आयात र निर्यात भने शीतयुद्धयताकै उच्चस्तरमा पुगेको छ । यद्यपि महामारी साम्य भएपछि यसमा परिवर्तन आउनसक्ने बताइएको छ । मध्यपूर्वमा सबैभन्दा बढी हतियार आयात भएको पनि उक्त अध्ययनले देखाएको छ ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)ले यससम्बन्धी तथ्यांक विवरण बटुलेको हो । सिप्रीका अनुसार कोरोना महामारीको प्रभावका कारण केही देशहरुले आगामी वर्षहरुमा हतियार आयातबारे पुनर्मूल्यांकन समेत गर्न सक्नेछन् । तर सन् २०२० मा कोरोनाकै बीच पनि केही देशहरुले धेरै ठूला हतियार खरिद सम्झौतामा हस्ताक्षर गरेको अध्ययनले देखाएको छ । सन् २०१६ देखि सन् २०२० सम्मको अन्तर्राष्ट्रिय हतियार बिक्री भने पाँच वर्षअघिको तुलनामा स्थिर नै देखिएको छ ।

अमेरिकाले निर्यात गरेकोमध्ये ४७ प्रतिशत हतियार मध्यपूर्वी देशमा गएको छ । जसमध्ये कुल अमेरिकी हतियारको २४ प्रतिशत त साउदी अरेबियामा गएको अध्ययनले देखाएको छ । पाँच वर्षको समयमा अमेरिकाले कुल ९६ देशमा हतियार आपूर्ति गरेको छ । जसले उसको विश्वको कुल हतियार निर्यातमा हिस्सा समेत बढेको छ । त्यस्तै फ्रान्सले पनि निर्यात बढाएर ४४ प्रतिशत पु¥याएको छ । यता जर्मनले पनि हतियार निर्यात २१ प्रतिशतले विस्तार गरेको देखिएको छ । यसबाहेक दक्षिण कोरिया र इजरायलले पनि हतियार निर्यात बढाएका छन् तर उनीहरु हतियार निर्यातमा साना खेलाडी मात्रै हुन् ।

यता रुस र चीनको निर्यात भने घटेको छ । यद्यपि दुवै देश सब–सहारान अफ्रिकामा हतियार निर्यात गर्ने मुख्य राष्ट्र हुन् । रुसको २२ प्रतिशतले घटेको छ । उसले भारतमा गर्ने हतियार निर्यात समेत ५३ प्रतिशतले घटेको छ । यता विश्वको पाँचौ ठूलो निर्यातक चीनको ७.८ प्रतिशतले हतियार निर्यात घटेको छ । खासगरी पाकिस्तान, बंगलादेश र अल्जेरियाले ठूलो परिमाणमा चिनियाँ हतियार खरिद गर्दै आएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया