Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकी खुद्रा बिक्री तीन प्रतिशतले घट्यो

अमेरिकी खुद्रा बिक्री तीन प्रतिशतले घट्यो


वासिङटन ।
अमेरिकी खुद्रा बिक्री दरमा फेब्रुअरीमा थप तीन प्रतिशतले गिरावट आएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रुअरीमा खुद्रा बिक्री दरमा कमी देखिएको हो । यद्यपि यसलाई अमेरिकी अधिकारीले चिसो मौसमका कारण व्यवसायमा परेको प्रभावका रूपमा व्याख्या गरेका छन् ।

फेब्रुअरीमा अमेरिकी प्रायः सहरहरूमा अत्यधिक चिसो हुने कारण व्यवसायहरू नियमित नचल्दा खुद्रा बिक्री कम देखिनु अन्य वर्षजस्तै यो बर्ष पनि स्वाभाविक रहेको वाणिज्य मन्त्रालयका एक अधिकारीले बताए । विश्वव्यापी महामारीका कारण प्रभावित खुद्रा तथा अन्य व्यावसायिक गतिविधिमा सुधार आउने पूर्वानुमानविपरीत व्यावसायिक गतिविधि कम हुनुलाई अमेरिकी सञ्चारमाध्यमले प्रमुख समाचार स्रोतका रूपमा प्रकाशन तथा प्रसारण गरेका छन् ।

सन् २०२० मा कोभिड–१९ का कारण अत्यधिक प्रभावित अमेरिकी व्यवसायमा अझै पनि सुधार नआउनुलाई अमेरिकी जनतामा कोभिड संक्रमणको भय अझै कायम रहेको भनी कतिपय अधिकारीले बताएका छन् । अधिकारीहरूले महामारीविरूद्धको खोप अभियानसँगै घरायसी खर्चमा वृद्धि हुने र यसबाट व्यवसायहरूलाई राहत मिल्ने बताएका भए पनि अझै अपेक्षाकृत नतिजा आउन नसकेको उनीहरूको दावी छ ।तथ्यांकले कार, फर्निचर, विद्युतीय सामान जनवरीमा ७.६ प्रतिशत बिक्री प्रवद्र्धन भए पनि फेब्रुअरीमा अन्य थुप्रै सूचीहरूमा फराकिलो गिरावट पुष्टि गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया