Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायती महारानीका पति फिलिपको निधन

बेलायती महारानीका पति फिलिपको निधन


लन्डन ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिंघम राजदरबार स्रोतले घोषणा गरेको छ । सन् १९४७ मा एलिजावेथसँग बिहे गरेका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन बिताएको राजदरबार स्रोतले पुष्टि गरेको छ । उनीहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथ महारानी बनेकी थिइन् ।

बेलायतको बकिंघम रादरबारले राजकुमार फिलिपको मृत्यु भएको पुष्टि गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुःखका साथ महारानीले उहाँका प्रिय श्रीमान् ‘ड्यूक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको छ ।’

फिलिपको शुक्रबार बिहान ‘विन्डसर क्यासल’मा निधन भएको हो । द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिपनातिनीहरू छन् । राजकुमार फिलिप ‘ग्रिक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१, जुन १० मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा हुन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया