Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकै दिन एक लाख ४५ हजार कोभिड–१९ संक्रमित

भारतमा एकै दिन एक लाख ४५ हजार कोभिड–१९ संक्रमित


नयाँ दिल्ली ।
भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै डेढ लाख संक्रमित भएका छन् । यो संख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ४५ हजार तीन सय ८४ जना संक्रमित भएका हुन् । यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार नौ सय २६ जना कोरोनाभाइरसबाट संक्रमित भएका थिए ।

सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभर कुल सात सय ९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या दश लाख ४६ हजार छ सय ३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार मात्रै ७७ हजार पाँच सय ६७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको सङ्ख्या एक करोड १९ लाख ९० हजार आठ सय ५९ रहेको छ । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया