Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदुई कोरियाली कम्पनीबीच एकअर्काविरुद्ध १० वर्षसम्म मुद्दामामिला नगर्ने सहमति

दुई कोरियाली कम्पनीबीच एकअर्काविरुद्ध १० वर्षसम्म मुद्दामामिला नगर्ने सहमति


वासिङटन/सोल ।
दक्षिण कोरियाली ब्याट्री निर्माता एलजी इनर्जी सोलुसन र एसके इन्नोभेसन कम्पनीले आइतबार विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री प्रविधिलाई लिएर बढेको विवाद समाधान गर्ने सहमति गरेका छन् । रोयटर्सका अनुसार यो विवाद समाधान नभएको भए अमेरिकी ईभीको महत्वाकांक्षामा गम्भीर धक्का पुग्ने थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले यूएस इन्टरनेशनल ट्रेड कमिसन डिसिजन (आईटीसी)लाई उल्ट्याउने समय सकिनु केही घण्टाअघि मात्रै दुई कोरियाली कम्पनीबीच सहमति भएको हो । एक वक्तव्यमा बाइडेनले अमेरिकी श्रमिक र अटो उद्योगको जित भएको भन्दै सहमतिको समर्थन गरेका छन् । उनले अमेरिकालाई अमेरिकामै विद्युतीय सवारीसाधनको ब्याट्री आपूर्ति प्रणाली आवश्यक रहेको समेत बतााएका छन् । दुई कम्पनीबीचको विवादले फोर्ड मोटर कम्पनी र फक्सवागनको ईभी योजनामा धक्का लाग्ने निश्चित थियो ।

बाइडेन प्रशासनले विद्युतीय सवारीसाधन र अमेरिकामै यसका ब्याट्री उत्पादन गर्ने कामलाई प्राथमिकतामा राख्दै गर्दा दुई कम्पनीबीचको विवाद समाधान हुनुलाई जितका रुपमा हेरिएको छ । अहिले विश्वभर विद्युतीय सवारीसाधन उत्पादनमा प्रतिस्पर्धा बढेको छ ।

बाइडेनले विद्युतीय सवारीसाधन बिक्री र चार्जिङ पूर्वाधारमा सघाउन एक सय ७४ अर्ब अमेरिकी डलर खर्च गर्ने प्रस्ताव गरेका छन् । एसके इन्नोभेसनले एलजी इनर्जी सोलुसनलाई एक अर्ब ८० करोड डलर तिर्न सहमत भएको छ । एलजी इनर्जी एलजी चेम लिमिटेडको सब्सिडरी कम्पनी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया