पाकिस्तानको एउटा होटलमा बम विस्फोट, कम्तीमा चारको मृत्यु
इस्लामावाद ।
पाकिस्तानी क्वेटा सहरस्थिति एउटा होटलमा बुधबार राति भएको बम विस्फोट परी कम्तीमा चार जना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका गृह मन्त्री शेख रशीद अहमदले बताएका छन् ।
संवाददाताहरुका अनुसार होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो । पाकिस्तानस्थित चिनियाँ राजदूतलक्षित गरी सो आक्रमण गरिएको आशंका गरिएको छ । चिनियाँ राजदूत अफगानिस्तानको सिमानानजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सेरेना होटलमा बसेका थिए ।
तर विस्फोटका बेला उनी घटना क्षेत्रमा नरहेको बताइएको छ । पाकिस्तानको क्वेटा सहरमा अवस्थित होटल सेरेना उच्च अधिकारीको रोजाइमा रहेको होटलको रुपमा रहेको बताइएको छ । पाकिस्तानी तालिबान लडाकूँ समूह यस आक्रमणको जिम्मेवारी लिएका छन् ।
उक्त समूह र अन्य लडाकू संगठनहरुले पछिल्ला महिनाहरुमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् । बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकुहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- डीपीआर तयार भएको १६ वर्षसम्म पनि अघि बढेन बाहिरी चक्रपथ निर्माण कार्य
- बालमन्दिरको जग्गा कब्जा गर्ने विशाल ग्रुपका सञ्चालकविरुद्ध किन जारी भएन पक्राउपुर्जी ?
- ‘नेपालको नोट नेपालभित्र चल्ने हो, संविधानअनुसार जारी हुन्छ’
- गृहमन्त्री लामिछानेको पाप पखाल्न मिसन चौरासी !
- कतिमा हुदै छ विदेशी मुद्राको सटही
- प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
- बञ्चरो प्रहार गरी २ जनाको हत्या
- सोमबार काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया