Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एक दिनमा तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा एक दिनमा तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित


नयाँ दिल्ली ।
भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को संक्रमित संख्या तीन लाख १४ हजार आठ सय ३५ जना थपिएपछि कुल संक्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ ।

सोही अवधिमा भारतमा कोरोनाबाट दुई हजार एक सय चार जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या एक लाख ८४ हजार छ सय ५७ जना पुगेको छ । सिन्ह्वाका अनुसार भारतमा कोरोना भाइरस संक्रमण सुरु भएयता एकै दिनमा ३ लाख भन्दा बढी व्यक्ति संक्रमित भएका यो पहिलो पटक हो ।

कोरोना महामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाखभन्दा बढी व्यक्ति संक्रमित भएका थिए ।

भारतमा बुधबारुसम्म सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार चार सय २८ रहेको छ । यहाँ हालसमम एक करोड ३४ लाख ५४ हजार आठ सय ८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड २३ लाख ३० हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरसविरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुतनिक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुतनिक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा बुधबार मात्रै १६ लाख ३९ हजार तीन सय ५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कुल २७ करोड २० लाख भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मंगलबार एकै दिनमा २८ हजार तीन सय ९५ जना कोरोना भाइरस संक्रमित भएका दुई सय ७७ जनाको मृत्यु भएको छ । भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना संक्रमणबाट १२ हजार छ सय ३८ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया