Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारधनीमाथि करको भार अझ थोपर्दै अमेरिकी राष्ट्रपति बाइडेन

धनीमाथि करको भार अझ थोपर्दै अमेरिकी राष्ट्रपति बाइडेन


अमेरिका ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलले धनी अमेरिकीमाथि उच्च कर लगाउने भएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रस्तावित करअनुसार धनीको पुँजीगत लाभकर बढाइनेछ भने मार्जिनल रेट उच्च रहनेछ ।

उच्च कर लगाएर चाइल्डकेयर र शिक्षा क्षेत्रमा सहयोग गर्ने बाइडेन प्रशासनको योजना छ । रिपोर्टहरुका अनुसार थप गरिएको कर स्वास्थ्य क्षेत्रमा भने लागू नहुने बताइएको छ । वालस्ट्रिटमा यो समाचारको प्रभाव समेत देखिएको छ । मुख्य सूचकहरु बिहीबारको कारोबारमा ओरालो लागेका हुन् ।

ह्वाइटहााउसले अमेरिकन फेमिली प्लानले चार लाखभन्दा कम पारिवारिक आम्दानीलाई कुनै प्रभाव नपार्ने दाबी गरेको छ । बीबीसीका अनुसार धेरै फराकिलो अन्तर भएको आयकर दर ३७ प्रतिशतबाट बढाएर ३९.६ प्रतिशत पुग्ने न्युयोर्क टाइम्स र ब्लुमबर्गले जनाएका छन् ।

यो नीति लागू भए २०१७ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उच्च आयकर्ताको कर कटौती नीति नै उल्टिनेछ । त्यस्तै पुँजीगत लााभ कर समेत यसले बढाएर ३९.६ प्रतिशत पुग्नेछ । योचाहिँ १० लाख डलरभन्दा धेरै कमाउने मानिसको हकमा लागू हुनेछ ।

अहिलेको २० प्रतिशत दरभन्दा यो ठूलो वृद्धि हुनेछ । कुनै कुनै राज्यमा त यो ५० प्रतिशतले विस्तार हुनसक्नेछ । तर बाइडेनको यस्तो प्रस्तावविरुद्ध विपक्षी दल रिपब्लिकनबाट ठूलै प्रतिरोधको सामना गर्नुपर्ने देखिएको छ । डेमोक्रेटिक पार्टीको दुवै सदनमा झिनो बहुमत रहे पनि सबैले प्रस्तावको पक्षमा मतदान नगर्न पनि सक्ने देखिएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया