Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआर्थिक वृद्धि २ प्रतिशतसँगै युरोजोन मन्दीबाट माथि उठ्यो

आर्थिक वृद्धि २ प्रतिशतसँगै युरोजोन मन्दीबाट माथि उठ्यो


ब्रसेल्स । युरोजोनको अर्थतन्त्र यो वर्षको दोस्रो त्रैमासिकमा दुई प्रतिशतले वृद्धि भएको छ । योसँगै युरोप सम्भावित आर्थिक मन्दीबाट माथि उठेको बीबीसीले जनाएको छ ।

ताजा तथ्यांकअनुसार युरोपेली देशका सबैजसो राष्ट्रिय अर्थतन्त्रमा वृद्धि देखिएको छ । १९ राष्ट्रको युरोजोनले यसअघिका दुई त्रैमासिकमा अर्थतन्त्रमा संकुचनको सामना गर्नुपरेको थियो । सोसँगै आर्थिक मन्दी आउने आकलन थियो । यसका बाबजुद सन् २०१९ को अन्त्यतिर अर्थात् कोरोना महामारी अघिको स्तरमा पुग्न नसकेको देखिएको छ । उक्त स्तरभन्दा अझै तीन प्रतिशतले तल रहेको जनाइएको छ ।

यो क्षेत्रमा अहिले भने अर्थतन्त्रमा सुधार आइरहेको छ । गत जाडोयाममा कोरोना संक्रमण दर बढेपछि बल्ल अर्थतन्त्रमा सुधार देखिएको हो । महामारीले खासगरी इटली र स्पेनको अर्थतन्त्रमा नराम्ररी क्षति पुगेको थियो । दुवैमा वृद्धिदर तीन प्रतिशत रहेको अनुमान छ । तर अस्ट्रिया र पोर्चुगलमा भने वृद्धिदर ४ं.९ प्रतिशत अर्थात् झनै बलियो देखिएको छ । युरोजोनको दुई ठूला अर्थतन्त्र जर्मनीमा १.५ प्रतिशत र फ्रान्समा शून्य दशमलव नौ प्रतिशत वृद्धि देखिएको छ । यी वृद्धिदर अनुमानित हुन् । यथार्थ अवस्था अझै राम्रो हुनसक्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x