Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमालिक इलोन मस्कलाई जब कर्मचारीले ट्विटरमा सोधे–

मालिक इलोन मस्कलाई जब कर्मचारीले ट्विटरमा सोधे–

के मलाई जागिरबाट निकालिएको हो ?


अमेरिका । एक जना ट्विटरका कर्मचारीले मालिक इलोन मस्कसँग ट्विटरमै आफूलाई जागिरबाट निकालिएको बारे सोधेका छन् । एक ट्विटमार्फत ट्विटरका प्रमुख कार्यकारी मस्कलाई हल्ली थर्लिफसनले भने, ‘तपाईंको एचआर प्रमुखले म जागिरमा रहे/नरहेको बताउन सकेनन् ।’त्यसपछि मस्कले रिप्लाई गर्दै उनलाई सोधेका छन्, ‘तपाईं के काम गरिरहनुभएको छ र ?’थर्लिफसनले बीबीसीसँग ट्विटर एकाउन्ट फ्रिज भएको नौ दिनसम्म पनि आफूले जागिरमा भए नभएको थाहा नपाएको बताए ।

शृंखलाबद्ध रुपमा मस्कसँग उनको प्रश्नोत्तरी ट्विटरमा चलेको देखिएको छ, मानौँ कि कुनै कम्पनीमा कामका लागि उनी अन्तर्वार्ता दिइरहेका छन् । त्यसपछि मात्र आफूले जागिरबाट निकालिएको इमेल प्राप्त गरेको बताए ।  यद्यपि यसबारे ट्विटरले केही नबताएको बीबीसीले जनाएको छ । थर्लिफसन ट्विटरको डिजाइन प्रडक्टमा वरिष्ठ निर्देशक रहेका थिए । ४५ वर्षीय उनले जागिरबाट निकालिँदा आश्चर्य र एकदमै दबाबपूर्ण भएको बताए ।

‘आइतबार बिहान मैले मेरो कम्प्युटर खोलेको थिएँ । तर स्क्रिन खैरो र लक थियो । यसको मतलब मलाई मेरो ट्विटर एकाउन्टबाट विच्छेद गरिएको पाएँ’, उनले भने । त्यसको केही दिनपछि उनले मस्क, एचआर प्रमुखसम्म आफ्नो अवस्थाबारे बुझ्न कोशिस गरेका थिए ।  ‘एचआर प्रमुखले मलाई त्यसयता दुईपटक इमेल गर्नुभयो र मेरो जागिर रहे नरहेको प्रश्नको उत्तर नै दिन सक्नुभएन’, उनले भने । त्यसपछि दिक्क भएका उनले ट्विटरमा सिधै मस्कलाई यसबारे सोधेपछि उक्त वार्तालाप सुरु भएको थियो ।

त्योसँगै मानवस्रोत विभाग (एचआर)ले उनलाई सम्पर्क गरी जागिर अब नरहेको बताएको थियो । मस्कले ट्विटरमा उल्टै उनलाई ट्विटरमा कुनै काम नगरेको दाबी गरेका थिए ।  थर्लिफसन आइसल्यान्डका उद्यमी थिए । उनको यूइनो नामक कम्पनी थियो । जुन उनले सन् २०२१ को सुरुतिर ट्विटरलाई बेचेका थिए । त्यसअघि सन् २०१४ मा उनले रिकजाभिक नामक कम्पनी स्थापना गरेका थिए ।

ट्विटरसँगको व्यावसायिक सम्झौताका क्रममा उनलाई ट्विटरको पूर्णकालीन कर्मचारी बनाउने कुरा थियो । मस्कले ट्विटर किनेपछि उक्त सम्झौता उनले नमान्नसक्ने डर उनलाई थियो । जे डर थियो त्यही भयो । उनी ट्विटरबाट अलग्गिनुपरेको छ । यसलाई उनी निकै दबाबपूर्ण भन्छन् ।  ट्विटरले पछिल्लो महिनामात्र थप दुई सय कर्मचारी निकालेका थिए । अहिले ट्विटरका दुई हजार कर्मचारी मात्र रहेका छन् । अक्टोबरसम्म सात हजार पाँच सय कर्मचारी रहेकामा घटेर निकै थोरै संख्यामा सीमित भइसकेको छ । बीबीसीबाट


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया