Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतेल बिक्रीबाट डेढ खर्ब अमेरिकी डलर मुनाफा

तेल बिक्रीबाट डेढ खर्ब अमेरिकी डलर मुनाफा


रियाद । साउदी अरेबियाको कच्चा तेल उत्पादक कम्पनी साउदी अराम्कोले गत वर्ष कीर्तिमानी मुनाफा कमाएको छ । सन् २०२२ मा कम्पनीले एक खर्ब ६१ अर्ब अमेरिकी डलरको कीर्तिमानी मुनाफा आर्जन गरेको कम्पनीले घोषणा गरेको हो ।

ऊर्जा क्षेत्रको मूल्य बढ्दा कम्पनीलाई नाफा भएको बताइएको छ । पछिल्लो वर्षको तुलनामा साउदी सरकार स्वामित्वको कम्पनीले ४६.५ प्रतिशत बढी नाफा आर्जन गरेको हो । कीर्तिमानी नाफा घोषणा गर्ने अराम्को ऊर्जा क्षेत्रको पछिल्लो कम्पनी हो । सन् २०२२ को फेब्रुअरी अन्त्यतिर रुसले युक्रेनमाथि आक्रमण गरेपछि ऊर्जा क्षेत्रको मूल्य ह्वात्तै बढेको छ ।

अराम्कोबाहेक अमेरिकाको एक्सनमोबिलले पनि ५५.७ अर्ब डलर र बेलायतको शेलले ३९.९ अर्ब डलर नाफा कमाएको बताएका थिए । अराम्कोले सन् २०२२ को अक्टोबर–डिसेम्बर अवधिका लागि १९.५ अर्ब डलरको बोनस घोषणा गरेको थियो । यो वर्षको पहिलो त्रैमासिकमा उक्त बोनस वितरण गरिने जनाइएको थियो । त्यसको धेरै अंश साउदी सरकारलाई जानेछ । जसको कम्पनीमा ९५ प्रतिशत सेयर स्वामित्व छ ।

अहिले ब्रेन्ट क्रुडको व्यापार प्रतिब्यारेल ८२ डलर वरिपरि छ । गत महिनाको अन्त्यतिर भने प्रतिब्यारेल मूल्य नै १२० अमेरिकी डलर पुगेको थियो । त्यतिबेला रुसले युक्रेनमा आक्रमण गरेपछि ह्वात्तै बढेको थियो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया