Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफगानिस्तानमा ७२ हजार टन कपास उत्पादन

अफगानिस्तानमा ७२ हजार टन कपास उत्पादन


काबुल । अफगान किसानहरूले गत वर्ष ७२ हजार टनभन्दा बढी कपास उत्पादन गरेका छन् । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले सोमबार जनाएअनुसार अफगानिस्तानले गत वर्ष ५४ हजार आठ सय ६९ हेक्टर जमिनबाट ७२ हजार चार सय ९३ टन कपास दत्पादन गरेको जनाएको छ ।

बल्ख, तखार, कुन्दुज, बाघलान, पूर्वी नान्गाहार, पश्चिमी हेरात र निमरोज प्रान्तले गत वर्ष कपास उत्पादनमा उल्लेखनीय योगदान पुर्याुएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२२ अप्रिलमा अफिम लगायतका खेतीमा प्रतिबन्ध लगाइएपछि अफगान किसानहरूले त्यसको सट्टा कपास, केसर, चामल, गहुँ र अन्य खेती गर्न लागेका छन् । अफगानिस्तानको कार्यवाहक सरकारले युद्धग्रस्त देशमा बहुमूल्य नगदे बाली र मूल्यवान् उब्जाउन किसानहरूलाई प्रोत्साहित गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया