Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअवैध मटर, औषधि र खसी बरामद

अवैध मटर, औषधि र खसी बरामद


पोसकान्त पोखरेल
बुटवल, साउन २२
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपालबाट भारततर्फ भन्सार छली चोरी निकासी गरी अवैध रुपमा लैजाँदै गरेको मटर (केराउ) बरामद गरेको छ । कार्यालयबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका– ७ अमवामा लु.३त ६००९ को ट्र्याक्टरमा लोड गरी ल्याएको अवस्थामा बरामद गरेको हो ।

उक्त ट्र्याक्टर चालक रोहिणी गाउँपालिका–२ बस्ने सन्दिप यादवले मटर आफ्नो नभई सोही गाउँपालिका–७ बस्ने बलिराम यादव र वडा नं. २ बस्ने झिन्न यादवको मिलोमतोमा ल्याएको प्रहरीले जनाएको छ । बरामद सामान, गाडी र पक्राउ परेका तिनै जनालाई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

भन्सार कार्यालयले बरामद ५२ बोरा मटर (केराउ) को ८१ हजार रुपैयाँ र ट्र्याक्टरको आठ लाख ८१ हजार रुपैयाँ मूल्याङ्कन भएको कार्यालयले जनाएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले पछिल्लो सयममा अवैध मटर (केराउ)लगायत अन्य सामग्रीहरु बरामदमा उल्लेख्य सफलता हासिल गरेको छ ।

केही दिनअघि लाखौँको अवैध सामान बरामद गरेको कार्यालयले पछिल्लो एक दिनमा तीन लाख २२ हजार रुपैयाँ मूल्यबराबरको अवैध मटर(केराउ) औषधि र खसी बरामद गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजु लामाका अनुसार जिल्लाको विभिन्न स्थानबाट उक्त अवैध सामान बरामद गरिएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x