Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनिगम र पर्यटन बोर्डबीच सम्झौता

निगम र पर्यटन बोर्डबीच सम्झौता


काठमाडौं ।
नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच आइतबार भएको यस सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । नेपाल वायुसेवा निगमले विगतदेखि नै नेपालमा विदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबीचको सहकार्यले अझ थप हौसला प्रदान गरेको निगमले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया