Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआर्थिककर्मी बस्नेत सम्मानित

आर्थिककर्मी बस्नेत सम्मानित


दोलखा ।
दोलखा चेम्बर अफ कमर्सले दोस्रो साधारणसभाको अवसरमा आर्थिक दैनिकका दोलखाका संवाददाता सुबास बस्नेतलाई सम्मान गरेको छ । पत्रकारिता क्षेत्रमा सकृय भूमिकामा रहेर कार्य गरेकोले बस्नेतलाई सम्मान गरेको संस्थाका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए ।

दोलखा चेम्बरको शुक्रबार सम्पन्न दोस्रो साधारणसभाले बस्नेतसहित दिपशंकर चौलागाईं, मन्दिरा थापा, नवराज शिवाकोटी र दिलबहादुर केसीलाई सम्मान गरेको हो । साधारणको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले दोलखा व्यावसायिक तथा उद्योग क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएको हुँदा उत्पादनमुखी उद्योग तथा व्यवसायमा लगानी गर्न यहाँका व्यवसायीहरुलाई सुझाव दिए ।

त्यसैबीच विष्णु श्रेष्ठको अध्यक्षता सर्वसम्मत नयाँ कार्यसमिति पनि चयन भएको छ । आगामी तीन वर्षको लागि श्रेष्ठसहित २२ जनाको कार्यसमिति गठन भएको महासचिव पान्डबसिङ पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया