Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमनकामना केबलकार नयाँ वर्षमा मात्रै सञ्चालन गरिने

मनकामना केबलकार नयाँ वर्षमा मात्रै सञ्चालन गरिने


काठमाडौं ।
चैतको अन्तिम साता अर्थात् छ दिनको लागि नेपालकै पहिलो केबलकार मनकामना केबलकार बन्द हुने भएको छ । केबलुकारको स्तरोन्नतिको लािग आगामी चैत २५ देखि ३० गतेसम्म केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । यस्तै केबलकारको स्तरोन्नति तथा मर्मतसम्भारको लागि अष्ट्रियाबाट प्राविधिक आउने भएका छन् ।

छ दिनको समयमा केबलकारको स्तरोन्नति गरी यस वर्षको अन्तिम दिन अर्थात् नयाँ वर्षको अघिल्लो दिनबाट भने पुनः सञ्चालनमा ल्याइने भएको छ । केबलकार सञ्चालनमा आएसँगै नयाँ वर्षको अघिल्लो साँझ र नयाँ वर्ष मनाउनका लागि मनकामना आउने पर्यटकलाई केबलकार सञ्चालनसँगै सहज हुने बताइएको छ । नयाँ वर्षका दिन मनकामना दर्शन तथा घुम्नका लागि हजारौं पर्यटकहरु आउने गर्छन् भने स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको समेत चाप हुने गरेको छ ।

कोरोना महामारीका कारण मनकामना घुम्न आउने पर्यटकको संख्यामा कमी आए पनि पछिल्लो समय भने विस्तारै बढ्दो क्रममा छ । यसैबीच पछिल्लो समय भारतमा कोरोना बढेसँगै भने त्यसको त्रास नेपालमा समेत परेको छ जसले गर्दा पर्यटकीय क्षेत्रमा हुने चहलपहलमा कमी आउने सम्भावना छ । यस्तै मनकामना प्रालिले केबलकारको स्तरोन्नतिको लागि विभिन्न समयमा केबलकार छोटो अवधिको लागि बन्द गर्ने गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया