Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदुधकोशी हाइड्रोपावरको काम ७४ प्रतिशत चैतदेखि विद्युत् उत्पादन गरिने

दुधकोशी हाइड्रोपावरको काम ७४ प्रतिशत चैतदेखि विद्युत् उत्पादन गरिने


सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुुुम्बुको पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाटको सोलुखोला दुधकोशी हाइड्रोपावर आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चनमा निर्माणाधीन आयोजनाको काम ७४ प्रतिशत सकिएकोे निर्माण कम्पनीका अध्यक्ष हिम पाठकले बताए ।

आयोजनाअन्तर्गत बाँध क्षेत्रका सबै संरचनाको निर्माण पूरा भएको आयोजनाले जनाएको छ । आयोजनाको मुख्य सुरुङमार्ग ९४ प्रतिशत सकिएको छ भने बाँकी ६ प्रतिशत काम बढीमा ३ महिनाभित्र सम्पन्न गरिसक्ने उनको भनाइ छ । बाँध क्षेत्रमा सुरक्षा पर्खाल लगाउने, तारजाली लगाउनेलगायतका काम मात्रै बाँकी रहेको अध्यक्ष पाठकले बताए । आयोजनाको कुल सात हजार छ सय ५४ मिटर सुरुङमध्ये मुख्य सुरुङ चार हजार चार सय ६६ मिटर लामो रहेको छ ।

विद्युत्गृहमा जडान हुने इलेक्ट्रोमेकानिकल उपकरण आयात गर्नुपर्ने भए पनि वर्षातका कारण उपकरण ढुवानीमा समस्या भएको आयोजनाले जनाएको छ । वर्षा सकिएलगत्तै भारतबाट उक्त उपकरण आयात गरी विद्युत्गृहमा जडान सुरु गरिने बताइएको छ । आयोजनाले २०७८ चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सो आयोजना सम्पन्न गर्न ११ अर्ब ८६ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । नेपाल इन्भेष्टभेन्ट बैंकको मुख्य लगानी रहेको उक्त आयोजनामा अन्य आठ बैंकले लगानी गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया