Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालछैटौँ रणनीतिक व्यावसायिक योजना निर्माण गर्दै जनसचेतन

छैटौँ रणनीतिक व्यावसायिक योजना निर्माण गर्दै जनसचेतन


दोलखा । जनसचेतन बचत तथा ऋण सहकारीले सहकारी क्षेत्रलाई व्यावसायिक र लगानीमैत्री वातावरण बनाउने उद्देश्यले संस्थाको रणनीतिक योजनासहित कार्यशाला गोष्ठी सुरु गरेको छ । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर पाँच रहेको यस सहकारीले रणनीतिक व्यावसायिक योजना निर्माण गर्न चार वर्षको अन्तरमा कार्यशाला गोष्ठी गर्दै आएको सहकारीका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए ।

सहकारीले पछिल्लो चार वर्षमा हासिल गरेका उपलब्धि तथा आगामी वर्षहरूमा गर्नुपर्ने रणनीतिक योजनाका विषयमा गोष्ठीमा छलफल हुने अध्यक्ष चौलागाईंले बताए । यस्तै सहकारीलाई प्रविधिमैत्री बनाउने योजनामा समेत छलफल हुनेछ । ३४ हजारभन्दा बढी सेयर सदस्य रहेको यस सहकारीले बागमती प्रदेशका विभिन्न ठाउँमा १६ वटा सेवा केन्द्र विस्तार गरिसकेको छ ।

तीन दिनसम्म चल्ने गोष्ठीमा नेपालका सहकारी विज्ञहरूलाई समेत उपस्थित भएका छन् । उक्त गोष्ठी नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा सुरु भएको हो । गोष्ठीले सहकारीलाई थप मजबुत र उत्कृष्ट बनाउन सहयोग पुग्नेछ भने सदस्यलाई व्यावसायिक बनाउन उत्पादनमुखी तथा व्यावसायिक बनाउन दिइने ऋण लगानीबारे छलफल हुने बताइएको छ । गोष्ठीमा सहकारीका सञ्चालक, कर्मचारी, सेयर सदस्यलगायत सहभागी रहनेछन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया