Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालट्राफिक प्रहरीको वृक्षरोपण कार्यक्रम

ट्राफिक प्रहरीको वृक्षरोपण कार्यक्रम


काठमाडौं । यहि भाद्र १६ देखि शुभारम्भ भएको ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

सामाखुशीस्थित नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र)को प्रांगणमा ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई, प्रहरी उपरीक्षक सञ्जिव शर्मा दास, सिनियर प्रहरी अधिकृत तथा अन्य ट्राफिक प्रहरी कर्मचारीहरूको उपस्थितिमा वृक्षरोपण गरेको हो ।

महाशाखा प्रमुख एसएसपी भट्टराईले रुद्राक्ष,रिठ्ठा, शिरीष, चिउरी, कल्की फूल, तेजपत्ता, अम्बा, बकाइनोलगायत विभिन्न प्रजातिका दुई फलफूल तथा बोटबिरुवा रोपिएको बताए । ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’लाई सफल बनाउन एक जना डीएसपी सम्मिलित समिति समेत गठन गरी दुई सय ५० जना ट्राफिक प्रहरीको उपस्थितिमा वृक्षरोपण गरेको बताए ।

उपत्यकाका विभिन्न नर्सरी, वन कार्यालयलगायतसँग समन्वय गरी तेजपत्ता २५, धुपी १२ अम्बा ७, चिउरी ८, रुद्राक्ष १६, रिठ्ठा १४, शिरीष ९, मलागिरी ५, बकाइनो ८, कल्की फूल १० लगायत विभिन्न फलफूल तथा बोटबिरुवा रोपिएको हो । गत वर्ष ट्राफिक प्रहरी महाशाखाले तीनकुनेस्थित खाली जमिनमा गुर्जोलगायत विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाहरू समेत रोपेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया