Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालग्लोकल आफ्टर स्कुलले ल्यायो दशैँ अफर

ग्लोकल आफ्टर स्कुलले ल्यायो दशैँ अफर


काठमाडौं । दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल(ग्लोकल प्रा.लिको इकाइ)ले नयाँ र आकर्षक अफर ल्याएको छ । दशैँ तिहारको अवसरमा रेकर्ड कोर्सहरुमा १० प्रतिशत छुट, एक भाग्यशाली विजेतालाई टर्किश एयरलाइन्सबाट एक निःशुल्क राउन्ड ट्रिप टिकट प्राप्त हुनेछ । (टी एण्ड सी लागू), इसेवामार्फत रजिस्टर्ड गर्ने दुई सय जनाका लागि २० प्रतिशत क्यासब्याकको सुविधा, एक भाग्यशाली व्यक्तिलाई सिद्धार्थ होटलमा नाइट स्टे–टी एण्ड सी लागू गर्ने समेत कम्पनीले जनाएको छ ।

कम्पनी शिक्षा, उद्यमशीलता र सीपको क्षेत्रमा कार्यरत व्यावसायिक संस्था हो । विगत लामो समयदेखि युवाहरुको सीप विकास गर्न र आफ्नो रुचि भएको विषयमा पोख्त हुन विभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ ।

ग्लोकल आफ्टर स्कूलले विभिन्न विषयहरूमा किन चुपचाप आफ्ना क्षमता प्रदर्शन गर भन्ने नाराका साथ अनलाइन पाठ्यक्रमहरू सुरू गरेको थियो । ग्लोकल आफ्टर स्कुलमा हालसम्म दश हजार जनाभन्दा बढी विद्यार्थी, विभिन्न कोर्सहरुमा भर्ना भएका छन् भने ६० बढी प्रशिक्षकहरु अनवरत रुपमा सीपमूलक शिक्षा प्रदान गर्न ग्लोकलसँग आबद्ध छन् । ग्लोकलले सीपमूलक शिक्षा वातावरण सिर्जना गर्न निरन्तर काम गरिरहेको छ । यस्तै कम्पनीले अनलाइन पाठ्यक्रमहरूमार्फत युवाहरूको रुचिको विषय पहिचान गरी युवाहरूको सीप विकास गर्न अवसरहरू प्रदान गरिरहेको छ । इच्छुकहरुले घरमै बसेर अनलाइनमार्फत पाठ्यक्रमअनुरुप विभिन्न विषयहरूमा ज्ञान हासिल गर्न सक्नेछन् ।

विजयादशमी, दीपावली र छठको शुभ अवसरमा, आफ्टर स्कुलले, रेकर्ड गरिएका पाठ्यक्रमहरुमा आवेदन खोलेको छ । जसमा रुचि राख्ने शिक्षार्थीहरुको लागि रोचक अफरहरुको घोषणा गरेको छ । रेकर्ड गरिएका पाठ्यक्रमहरु उनीहरु आफ्नै गतिमा सिक्न सक्छन् । दशैँ दक्षिणामा सिकाइ भन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दशैँ अफर ल्याएको हो । यो अफर नोभेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया