Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमहिला अधिकार सुनिश्चित गर्न घरबाटै पहल गर्नुपर्ने सरोकारवालाको जोड

महिला अधिकार सुनिश्चित गर्न घरबाटै पहल गर्नुपर्ने सरोकारवालाको जोड


काठमाडौं । महिलाको अधिकार सुनिश्चित गर्न घर–परिवारबाटै सुरुवात गर्नुपर्ने सरोकारवालाले बताएका छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोटरी क्लब ज्ञानेश्वरले मंगलबार आयोजना गरेको कार्यक्रममा डिस्ट्रिक गर्भनर जितेन्द्र बहादुर राजभण्डारीले महिला हिंसाको अन्त्य घरबाट नभएसम्म समाज परिवर्तन गर्न नसकिने बताए ।

महिला र पुरुषको समान सहभागिताबाट महिला अधिकारको सुनिश्चितता खोज्नुपर्नेमा भण्डारीले जोड दिए । हिंसाको जालो सर्वप्रथम घरबाटै तोड्नुपर्ने उनको भनाई छ । महिला हिंसा अन्त्यका लागि रोटरी क्लबजस्ता सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने भण्डारीले बताए । कार्यक्रममा रोटरीका पास्ट डिस्ट्रिक गर्भनर चिन्तामणि भट्टराईले महिला हिंसा विश्वव्यापीरूपमै तीव्ररूपमा बढिरहेको बताए । महिलालाई घरबाटै हिंसा सुरु हुने भन्दै विभेदविरुद्धको अभियान पनि पहिला घरबाटै सुरु गर्नुपर्नेमा उनले जोड दिए । संसारभर रहेका रोटरी क्लबहरूमार्फत महिलाविरुद्ध हुने विभेदविरुद्ध अभियान चलाउनुपर्ने भट्टराईले बताए । महिलालाई सम्मान, महिलाको कामलाई सम्मान गर्न सकिए समग्र राष्ट्र र विश्व नै नमूना बन्ने उनको भनाइ छ ।

यस्तै अधिकारकर्मी दिव्या गुरुङले समाजका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गरेर उनीहरूको अधिकार सुनिश्चित गराउनुपर्नेमा जोड दिइन् । महिला, र लैङ्गिक समावेशिताको मुद्दा निकै चुनौतीपूर्ण बन्दै गएको गुुरुङको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनको असर सबैभन्दा धेरै नेपालमा देखिन थालेको र महिलाहरू प्रभावित भइरहेको गुरुङले बताइन् । जलवायु परिवर्तनविरुद्ध साझा सहकार्य गर्न र रोटरीमा महिलाहरूको संख्या वृद्धि गर्न गुरुङले आग्रह गरिन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x