Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’


काठमाडौं । दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले नेपालजस्ता मुलुकहरुले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा साथ समेट्नुपर्ने बताएकी छिन् ।

काठमाडौंमा शनिबार आयोजित ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ विषयक कार्यक्रममा उनले मानसिक स्वास्थ्य समस्याको विषयमा विद्यालय स्तरदेखि नै पढाइ हुनुपर्नेमा समेत जोड दिइन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा. नइमले व्यक्तिको समग्र स्वास्थ्यका लागि शारीरिक तथा मानसिक दुवै अवस्था सही हुनुपर्ने उल्लेख गरिन् । उनले भनिन्, ‘यो समस्यालाई मनोवैज्ञानिक रूपमा नहेरिने लगायतका कारणले व्यक्ति मानसिक समस्यामा पर्दै जाने क्रम बढेर गएको छ । शारीरिक समस्यालाई जसरी व्यक्तिको मानसिक समस्यालाई पनि ध्यानमा राख्न आवश्यक छ । राज्यस्तरबाटै यस्तो विषयमा पर्याप्त नीति बनाइन, सचेतना फैलाइन र समयमै समस्याको निदान हुनुपर्छ ।’ मानसिक समस्यालाई सामान्य रुपमा लिँदा पछिल्लो समय यसले विकराल रुप लिइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले जनस्तरमा समेत यसको विषयमा पर्याप्त सचेतना फैलाइन आवश्यक रहेको बताइन् । उनले काठमाडौंमा रहेर सक्रिय मनोचिकित्सक तथा चिकित्सकहरुसँग समेत मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा केन्द्रित रहेर अन्तर्क्रिया गरेकी थिइन् ।

कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले पछिल्लो समय मानसिक समस्यालाई सामान्य रुपमा लिँदा समाजमा डिप्रेसनको समस्या बढ्दै गएको र आत्महत्याका घटनामा पनि उल्लेख्य वृद्धि भएको बताए । सरकारले समेत मानसिक समस्यालाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरु अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका थिए । कार्यक्रममा नर्भिक अस्पतालका संस्थापक बसन्त चौधरी, प्रबन्धनिर्देशक मेघा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रलगायतको पनि सहभागिता थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया