Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमण्डला थियटरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

मण्डला थियटरमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव


काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०७९ (निटफेस्ट २०२२) को दोस्रो संस्करण सुरू भएको छ । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्च : विविधिताको उत्सव’ भन्ने नाराका साथ सुरू भएको महोत्सव नौ दिनसम्म थापागाउँ काठमाडौँस्थित मण्डला थिएटरमा चल्नेछ ।

महोत्सवको शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन् । महोत्सवले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । ‘रङ्गमञ्चले मनोरञ्जनसँगै समाजलाई दिने सन्देशले रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ, पर्यटन प्रवर्द्धनमा पनि यस्ता महोत्सवले योगदान पु-याउँछ’, उनले भने । महोत्सवमा सहभागिता जनाउन भारतबाट नेपाल आएकी अभिनेत्री शबाना आजमीले रङ्गकलाकर्मीको सहभागितामा बनेको मण्डला थियटरको प्रसंशा गरेकी थिईन् । ‘समाजमा बदलाव ल्याउन सक्ने सामथ्र्य रङ्गमञ्चमा छ । नेपालको रङ्गकर्मीले एकताबद्ध भएर गरिरहनुभएको मेहनत सुन्दर छ । यसले नाटकलाई जीवित राख्छ’, उनले भनिन् । महोत्सवका निर्देशक सिर्जना सुब्बाले कोभिडको कारण तीन वर्षपछि दोस्रो संस्करण आयोजना भएको जानकारी दिए । ‘हामीले दिएको नारा झैँ नाटकसमेतमा विविधता छ । नौ दिनसम्म चल्ने महोत्सवले हाम्रो बुझाइको दयारा फराकिलो बनाउनेमा विश्वत छु’, उनले भने ।

उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, कलाकार सरोज खनाल, नाट्यकर्मी अनुप बराल, दयाहाङ राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ‘इन्द्रधनुष’ नामक नाटक सङ्ग्रहसहित पुस्तकसमेत विमोचन गरिएको थियो । बाह्र देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रम हुने महोत्सवमा विश्वभरीबाट दुईसयभन्दा बढी नाट्य कलाकार सहभागी छन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया