Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभैरहवा बिमानस्थलको जग्गा आफ्नो नाममा गराउने मिश्र भारतीय नागरिक

भैरहवा बिमानस्थलको जग्गा आफ्नो नाममा गराउने मिश्र भारतीय नागरिक


काठमाडौं । भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको धावनमार्गको जग्गा आफ्नो नाममा गराउने सिद्धार्थनगर नगरपालिका ५ का पर्वतराजकान्त मिश्र भारतको गोरखपुरको नागरिक रहेको स्रोतले दावी गरेको छ । मिश्रले माओवादी जनयुद्धकालमा भारतमा लुकेर बसेका तत्कालीन माओवादीका नेताहरुलाई भारतमा सहयोग गर्ने सहयोगी रहेको र २०६३ सालमा माओवादी नेतृत्वको सरकार बनेपछि नेपाल आएर २०६३ मै नेपाली नागरिकता लिएका थिए ।

त्यसयता माओवादीको सहयोगमा नेपालमा विभिन्न व्यवसाय गर्दै आएका मिश्रको नाममा गत गत बैशाख ५ गते मालपोत कार्यालयले बिमानस्थलको सातवटा कित्तामा रहेको ४ बिघा १७ कठ्ठाभन्दा बढी जग्गा दर्ता गरेको थियो ।

मिश्रले आफ्नो जग्गा धावनमार्गमा परेकोले सो को उचित क्षतिपूर्ति माग्दै आयोजना कार्यालयसंग मुआब्जा मागेपछि यो कुरा बाहिर आएको थियो । यस विषयमा अहिले जिल्ला प्रशासन कार्यालयको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया