Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ

३०० वटाभन्दा बढी मिर्गौला तस्करी गर्ने पाकिस्तानी डाक्टर फेरि पक्राउ


काठमाडौं,पाकिस्तानमा प्रहरीले अङ्ग तस्करीमा संलग्न एउटा गिरोहका आठ जना पक्राउ परेको जनाएको छ।

प्रहरीका अनुसार फवाद मुख्तार नामक उक्त गिरोहका नाइकेले ३०० भन्दा बढी मानिसबाट मिर्गौला निकालेर धेरै पैसा दिने बिरामीमा प्रत्यारोपण गराएको आरोप छ।

मुख्तार आफैँ चिकित्सक भएको सञ्चारमाध्यममा प्रकाशित विवरणहरूमा उल्लेख छ।
यसअघि उनी पाँच पटक अवैध रूपमा मिर्गौला निकालेर बेचेको आरोपमा पक्राउ परेका थिए। तर प्रत्येक पटक जमानतमा रिहा भएका थिए।

उनको गिरोहले मिर्गौला निकाल्दा कम्तीमा तीन जनाको मृत्यु भएको सरकारी अधिकारीहरू बताउँछन्।

उक्त गिरोह पाकिस्तानको पूर्वी प्रान्त पन्जाबभरि र पाकिस्तान-नियन्त्रित कश्मीरमा पनि सक्रिय रहेको ठानिएको छ।

यसअघि उनी पाँच पटक अवैध रूपमा मिर्गौला निकालेर बेचेको आरोपमा पक्राउ परेका थिए। तर प्रत्येक पटक जमानतमा रिहा भएका थिए।

उनको गिरोहले मिर्गौला निकाल्दा कम्तीमा तीन जनाको मृत्यु भएको सरकारी अधिकारीहरू बताउँछन्।

उक्त गिरोह पाकिस्तानको पूर्वी प्रान्त पन्जाबभरि र पाकिस्तान-नियन्त्रित कश्मीरमा पनि सक्रिय रहेको ठानिएको छ।

नक्बीका अनुसार उक्त गिरोहले प्रत्यारोपण आवश्यक रहेका बिरामीलाई एक करोड रुपैयाँ लिएर एउटा मिर्गौला बेच्थ्यो।

“हामीले पत्ता लगाएको कुराले हाम्रो मुटु काम्छ,” आइतवार आयोजित एउटा पत्रकार सम्मलेनमा उनले भने।

“यसबाहेक अरू पनि धेरै प्रत्यारोपण र अवैध शल्यक्रियाहरू भएका छन्। यीबारे चाहिँ हामीले पुष्टि गरेका छौँ,” उनले भने।

कस्तो कारबाही हुन्छ?
पाकिस्तानमा सन् २०१० मा मानव अङ्गको व्यापारलाई अवैध बनाइएको थियो।त्यस्तो गतिविधिमा संलग्न भएको पुष्टि भए १० वर्ष जेल र ठूलो जरिवाना हुन सक्छ। चिकित्सक र दलालको मिलेमतोमा विदेशमा बस्ने मानिससँग ठूलो रकम लिएर मिर्गौला बेचबिखन गर्ने प्रवृत्ति रोक्ने उद्देश्यले यस्तो सजायको व्यवस्था गरिएको हो।

तर मानिसहरू कम आयका कारण आर्थिक समस्यामा परेको हुनाले तथा कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले पाकिस्तानमा मानव अङ्ग तस्करी बढेको देखिन्छ।
गत ज्यानुअरी महिनामा पन्जाबमा प्रहरीले मिर्गौला चोरी र तस्करीमा सक्रिय एउटा गिरोह पत्ता लगाएको थियो।

त्यतिबेला प्रहरीले हराइरहेका एक १४ वर्षे बालकलाई एउटा भूमिगत प्रयोगशालामा मिर्गौला निकालिसकेको अवस्थामा फेला पारेको थियो। उक्त गिरोहका छ जना पक्राउ परेका थिए। तर शल्यक्रियामा संलग्न चिकित्सकबारे पत्ता लागेको थिएन।

ती बालकको बयानका आधारमा प्रहरीले उनको मिर्गौला कुनै विदेशी बिरामीलाई बेचिएको अनुमान गरेको थियो।(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया