Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन तस्करी प्रकरणमा महराको बयान

सुन तस्करी प्रकरणमा महराको बयान


काठमाडौं । विद्युतीय चुरोट (भेप) मार्फत भएको नौ किलो सुन तस्कारी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ । स्रोतका अनुसार सोमबार महरासँग सीआईबीले बयान गरेको कागजात गराएको हो । बयानका लागि महरा सीआईबीको कार्यालय महारागञ्ज गएका थिए ।

सुन तस्कर समूहसँग माओवादी नेता महरा र उनका छोरा राहुल महराको सम्बन्ध देखिएपछि प्रहरीले भदौ १३ गते राहुललाई पक्राउ गरेको थियो । महरासँग बयान नलिएको भनेर आलोचना भइरहेको बेला आलोचनाबाट बच्नका लागि मात्र सीआईबीले बयान लिएको हो ।

महरा बाबुछोराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई उक्त सुनको चुरोट छाड्न पटक–पटक दबाब दिएको प्रहरीको अनुसन्धानले नै देखाएको थियो । मिलेमतोमो गोदामबाट सुन भरिएको विद्युतीय चुरोट हराएपछि भन्सारले सीआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया