मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसँग भेटघाट
विराटनगर,अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गरेका छन् । मेयर कोइरालाले सिनेटर माइकल जियानारिससहितका उच्च पदस्थ व्यक्तिहरूसित भेटघाट गरेका हुन । सिनेटर माइकलसितको भेटमा नेपालको राजनैतिक अवस्था, विकासमा स्थानीय सरकारको भूमिका, ऐन कानुनको कार्यान्वयनमा देखिने समस्यालगायतका विषयमा छलफल भएको थियो ।
त्यस्तै मेयर कोइरालाले न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्युयोर्क राज्यका सेनेटर जोन सी लिउसँग पनि भेटघाट गरे । सो अवसरमा मेयर कोइरालाले विराटनगर महानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । उनले शिक्षा क्षेत्रको विकासका लागि सहयोगको आग्रहसमेत गरे। शिक्षाको विकास बिना कुनै पनि क्षेत्रको विकास नहुने बताउँदै मेयर कोइरालाले सीमित स्रोत साधनकाका बाबजुत पनि महानगर शिक्षाको विकासमा लागेको जानकारी गराएका थिए ।
त्यस्तै मेयर कोइरालाले न्यूयोर्क विधानसभाका प्रथम फिलिपिनो अमेरिकी स्टिभन रागासित पनि भेटघाट गर्नुभएको मेयर कोइरालाका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले जानकारी दिए । नेपालको इतिहासमा मेयरस्तरबाट अमेरिकी निर्वाचित पदाधिकारीहरूसँग भेटघाट गर्ने कोइराला नेपालको पहिलो मेयर भएको घिमिरेले दाबी गरे ।
मेयर कोइराला संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी हुन यही असोज १० गते अमेरिका गएका थिए । ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी समिनारमा मेयर कोइरालाले सहभागिता जनाइसकेका छन । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर मेयर हाल न्यूयोर्कमा भेटघाट र छलफलमा व्यस्त रहेका छन। उनले अमेरिकामा रहेका गैरआवासीय नेपालसहित विराटनगरमा जन्मिएर अमेरिकामा बसोबास गर्नेहरूसित पनि भेटघाट गरेका छन । सो अवसरमा मेयर कोइरालाले विराटनगरको शिक्षा, स्वास्थ्य र भौतिक संरचनाको विकासमा सहयोग गर्न विराटनगरवासीलाई अनुरोध गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया