पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने
गण्डकी । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द देवकोटाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको हो ।
बैठकले पूर्वाधार पहिचानसँगै पर्यटकीय राजधानीको रुपमा विकास गर्न सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पनि पहिचान गर्ने निर्णय गरेको समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले राससलाई जानकारी दिए । उनका अनुसार राजधानी घोषणाका लागि आवश्यक मापदण्डहरुको पहिचान, घोषणा प्रक्रियाको तयारी, सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गर्नेलगायत निर्णय गरेको छ ।
समितिले पूर्वाधार पहिचानका सन्दर्भमा गरेको अध्ययन प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने गरी समितिको कार्यक्षेत्र तोकिएको पौडेलले बताए । समितिका सदस्यहरुले पर्यटकीय राजधानी घोषणाका सम्बन्धमा आ–आफ्ना तर्फबाट मस्यौदा तयार गरी अर्को बैठकमा पेस गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश, समाचार
ताजा अपडेट
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया