Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रहरीद्वारा चालीस हजार गाँजाको बिरुवा नष्ट

प्रहरीद्वारा चालीस हजार गाँजाको बिरुवा नष्ट


जलेश्वर । प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा नष्ट गरेको छ ।

करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले फँडानी गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया