Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारगाउँ पालिकासम्मरीमाई गाउँपालिकाका योजनाहरू कार्यान्वयनमा

सम्मरीमाई गाउँपालिकाका योजनाहरू कार्यान्वयनमा


बुटवल । सम्मरीमाई गाउँपालिका रुपन्देहीले चालू आर्थिक वर्षका लागि छुट्याइएका योजनाहरू धमाधम कार्यान्वयनमा लगेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीका अनुसार चालू आर्थिक वर्षका लागि साना–ठूला गरेर करिब तीन सयको हाराहारी रहेका छन् । यी सबै योजनाहरू कार्यान्वयनमा गएको उनले जानकारी दिए ।

पालिकाले चालू आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, खानेपानी, ढल निकास, सामाजिक विकास, विभिन्न प्रकारका सिपमूलक तालिमहरूलगायतका क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखेको थियो । सोहीअनुसार कार्यसम्पादनमा लागेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए । यस्तै, उनले कार्यसम्पादनमा सोचेभन्दा केही समय ढिला भएको जानकारी दिए । समयमै उपभोक्ता समिति गठन गरेर काम नगर्ने, आफू खुसी काम गर्ने, समयमै सुरु गरेर समयमै योजनाहरू सकौँ भन्ने भावनाको विकास नहुनेलगायतका कारण काम गर्न केही समस्या हुने गरेको उनको भनाइ छ । यस्तै, स्थानीय तहहरूमा कार्यसम्पादनमा चुनौती हुनुको मुख्य कारण भनेको कर्मचारी र जनप्रतिनिधिबीचको तालमेल नमिल्नु रहेको उनी बताउँछन् ।

सम्मरीमाई गाउँपालिकामा भने विकास निर्माणको जग बसिसकेको उनले बताए । ‘पहिले सबै क्षेत्रहरूमा बिरामी लिन जान एम्बुलेन्स पनि जान नसक्ने बाटाहरू थिए । आज त्यो अवस्थाको अन्त्य भएको छ । साक्षता बढ्दै गएको छ । कृषि उपजहरूले बजार पाउन सहज हुँदै गएको छ’, उनले भने, ‘व्यावसायिक कृषि प्रणाली फस्टाउँदो छ । शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, पूर्वाधार, सामाजिक विकासजस्ता क्षेत्रहरूले फड्को मार्न थालेको छ ।’ गाउँपालिकाले अगाडि सारेका विभिन्न कृषक प्रोत्साहनका कार्यक्रमहरूले कृषि उत्पादन वृद्धि भई जनताको आयस्तरमा वृद्धि भएको उनले बताए ।

चालू आर्थिक वर्षका लागि छुट्याइएका योजनाहरू द्रूत गतिमा बढाउने तयारी भइरहेको पालिकाका लेखा अधिकृत प्रकाश पौडेलले बताए । सबै क्षेत्रका योजनाहरूमा काम एउटै समयमा बढी हुने र भुक्तानी पनि योजना सम्पन्न भएर अनुगमनपछि गरिने हुँदा सुरुमा भन्दापछि अन्तिम समयमा एकैपटक प्रगति देखिने उनले जानकारी दिए । गाउँपालिकामा आन्तरिक आम्दानीको अवस्था न्यून छ । लेखा अधिकृत पौडेलले आन्तरिक आम्दानीको स्रोत वृद्धिका आधारहरू पनि कम भएको बताए ।


क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया