Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्न बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्न बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएका छन् । उनले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पारे ।

देश बनाउन विश्व विद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको जनाउँदै प्रधानमन्त्री दाहालले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको बताए । उनले आफू प्रधानमन्त्री भएदेखि नै उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अनवरत काम गरिरहेको उल्लेख गरे । उनले देशमै भविष्य छ भनेर आमजनतालाई भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताए ।

छलफलमा डा. केदारभक्त माथेमा, डा. पीताम्बर शर्मा, डा. विद्यानाथ कोइराला, डा. चैतन्य मिश्र, प्रा कृष्ण खनालसहित प्रबुद्ध व्यक्तित्वहरुले समग्र शिक्षा क्षेत्रसहित विश्वविद्यालयको पुन:संरचना गर्नेगरी सुधार थाल्न सुझाव दिएका थिए । उनीहरुले हालै विश्वविद्यालयमा भागबण्डा नगर्ने र ‘मेरिटोक्रेसी’बाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया