श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
जनकपुर । दासप्रथाको अवशेषका रूपमा रहेका हरवाचरवालगायत प्रथा अन्त्य र कृषि मजदुरका समस्या समाधानका लागि यस क्षेत्रमा क्रियाशील संस्थाहरूले सरकारसँग आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्क नेपाल (आरडिएन) ले सबैप्रकारका श्रम शोषणको अन्त्य गर्दै मुक्त हरवाचरवा, कम्लहरी, हलिया तथा कमैयाको पूर्ण पुनर्स्थापनाका लागि सङ्कल्प गर्न सरकारलाई आग्रह गरेका हुन् ।
“नेपालको संविधानको धारा २४ (छुवाछूतविरुद्धको हक), २९ (शोषणविरुद्धको हक) र ४० (दलित हक) विपरित अहिले पनि पश्चिम नेपालका मुक्त कमैया, कम्लहरी तथा हलियाहरूको पुनर्स्थापनाका काम अझै पूरा हुनसकेका छैनन । त्यसैले सरकारले गठन गरेको मुक्त कमैया, कम्लहरी, हलिया तथा हरवाचरवा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न र पुनर्स्थापनासम्बन्धी कार्यविधि पारित गरी तत्काल पुनर्स्थापनाका बाँकी काम अगाडि बढाउन आग्रह गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, मधेश प्रदेशका आठ जिल्लामा विद्यमान हरवाचरवा प्रथा मुक्तिको घोषणा गरिए पनि पुनर्स्थापनाका लागि प्रारम्भिक कामसमेत अगाडि बढ्न नसकेकामा सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको राससले जनाएको छ ।
“कृषि तथा सेवालगायत श्रमका विभिन्न क्षेत्रमा श्रम र सीप लगानी गरी मधेश प्रदेशको समृद्धिमा योगदान गरिरहेका एक लाखभन्दा बढी हरवाचरवा परिवारको तथ्याङ्क सङ्कलन, प्रमाणीकरण तथा वैज्ञानिक वर्गीकरणसहित पुनर्स्थापनाका कामअघि बढाउन माग गर्दछौँ । कृषि मजदुरको अवस्था बदल्नका लागि मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन श्रमिक दिवसले सबैलाई प्रेरणा प्रदान गरोस्”, अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डल र आरडिएनका अध्यक्ष मोहन ओडद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कुन मन्त्रीसँग कति सम्पत्ति ?
- सञ्चारगृहमा राज्यको हस्तक्षेप
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
- प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट
- कैलाश सिरोहिया पक्राउ
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया