Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशदैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङ सुरु


काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि अन्तिम चरणको ड्रिलिङको काम सुरु भएको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको आयोजनाको ड्रिलिङको कामको आइतबार सुभारम्भ गरिएको हो ।
ड्रिलिङको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुरुवात र चाइना जियोलोजिकल सर्भे प्रोजेक्टका इन्चार्ज डा. याङ्ग पिङ्गले चिन र नेपालको अन्वेषण स्थलमा झण्डोत्तलन गरी शुभारम्भ गरेका हुन् ।

२०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको कामको अन्तिम चरणको काम सुरु भएको आयोजनाका प्रमुख दिनेश कुमार नापितले जानकारी दिए । कोभिड लगायतका कारणले केही ढीलो हुन गएको भए पनि अब कामले रफ्तार लिने उनको भनाइ थियो । अबको ४ महिनामा काम सक्ने गरि अघि बढीएको उनको भनाइ छ । ४ किलोमिटर जमिनमुनि ड्रिलिङ गरिने र अहिले आवश्यक सामनहरु आइसकेको उनले बताए ।

यो अन्वेषणपछि दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउनुका साथै गहिराई पनि मापन हुने जनाइएको छ । परिणाम कति छ ? कहाँ कहाँसम्म फैलिएको छ ? उत्खननका लागि खर्च र फाइँदाबारे भने अन्तिम अन्वेषण ड्रिलिङ गर्ने कार्यपछि थाहा हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख समेत रहेको नापितले बताए ।

नेपाली र चीनको प्राविधिक टोलीले यसअघि पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी ४ वटा सर्भेका काम गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार, कर्णाली प्रदेश


तपाईको प्रतिक्रिया