Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल

भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी: मुख्यमन्त्री कँडेल


काठमाडौँ । कर्णली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मंगलबार यहाँ आयोजित दुई दिने दोस्रो ‘नेपाल सेल्टर फोरम’ को छलफल कार्यक्रममा जाजरकोट भूकम्पपीडितका लागि चाँडोभन्दा चाँडो आवास निर्माण जरुरी भएको बताएका छन् ।

उनले मनसुन नजिकिदै गर्दा पनि कर्णाली प्रदेशका भूकम्पपीडित पालमुनी नै बस्न बाध्यता भएको भन्दै अस्थायी आवास निर्माण छिटो हुनुपर्नेमा जोड दिए । उनले अस्थायी आवास निर्माणका लागि भूकम्पपीडितले अझै राहत पाउन नसकेको बताए ।

अहिले देशभर विभिन्न विपद्का घटना भइरहेको भन्दै उनले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । “केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा चाँडोभन्दा चाँडो अस्थायी आवास निर्माण अघि बढाउन आवश्यक भइसकेको छ”, उनले भने ।

जाजरकोटका केही भूकम्पपीडितले अहिले पनि अस्थायी आवास वापतको रकम ५० हजार पाउन नसकेको भन्दै मुख्यमन्त्री कँडेलले विपद् व्यवस्थापनका लागि कानुन र नियम सहयोगी नभएको बताए । उनले कर्णली प्रदेशमा प्रति एक लाखमा पाँच जनाको मृत्यु विपद्का कारण हुने गरेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया