Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसदमा गतिरोध हटाउन प्रतिपक्ष दल र सत्तापक्ष दलका नेताहरु छलफलमा,रास्वपा भने ‘अनुपस्थित’

संसदमा गतिरोध हटाउन प्रतिपक्ष दल र सत्तापक्ष दलका नेताहरु छलफलमा,रास्वपा भने ‘अनुपस्थित’


काठमाडौं,संदनमा गतिरोध हटाउनका लागि सत्तापक्ष दल र प्रतिपक्ष दलका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित,सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक महेश बर्तौला,प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का,राष्ट्रिय सभा दल नेता कृष्णप्रसाद सिटौला,महामन्त्री गगन थापा,प्रमुख सचेतक रमेश लेखक र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छलफलमा जुटेका हुन् ।

उनीहरुबी बालुबाटारमा शुक्रबार अपरान्ह्रदेखि छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले बताएको छ । उक्त बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सहभागी भएको छैन । प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति माग गरिरहेको छ। सत्तापक्ष र प्रतिपक्षबीच संसदीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति भए पनि क्षेत्राधिकारमा कुरा मिलेको छैन।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x